बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढ्यो
बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको असोज २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २५ अर्ब निक्षेप संकलन भएको छ। असोज २८ गते भने बैंकिङ्ग प्रणालीमा ६५ खर्ब २० अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ४ अर्बले बढेको देखिएको […]
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकः अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो। बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय […]
लघुबैंकिङ र हाम्रो नजर
जयकृष्ण जोशी भनिन्छ नि राम्रो निर्णय अनुभवबाट प्राप्त हुन्छ, तर दुर्भाग्यवश अनुभवको जन्म गलत निर्णयबाट हुन्छ । फरक हुँदापनि जुवाडे र साहसी व्यक्तिका अनुभव उस्तै हुन सक्छन् । यि दुईबीचमा जति फरक छ त्यति नै अलमलको कार्यसम्पादनमा आज यो क्षेत्र छ भन्दा फरक पर्दैन । विचार न हो म त भन्छु, कुनै पनि कुरामा जोखिम […]
३५ अर्ब निक्षेप थपिँदा बैंकिङ क्षेत्रको कर्जा परिचालन ७३ अर्ब
बैंकिङ खबर/ दुई महिमामा बैंक तथा वित्तीय संस्थाले ७३ अर्ब कर्जा परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा यस्तो अवस्था देखिएको हो । यो कर्जा परिचालन समग्र कर्जाको १.४ प्रतिशत बराबर हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.३३ अर्ब ६० करोडले बढेको थियो जुन ०.७ प्रतिशत हो […]
अख्तियारप्राप्त अधिकारीले सोझै बैंकहरुसँग बैंक खाता विवरण माग गर्न सक्ने
बैंकिङ खबर/ अख्तियारप्राप्त अधिकारीले सोझै बैंकहरुसँग कुनै पनि व्यक्ति वा संस्थाको बैंक खाता विवरण माग गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’मा प्रथम संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको गरेको हो। विनियमावलीमा कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नुपरेमा […]
आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्याउने
बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने निर्ब्याजी ऋण करिब ५ खर्ब रुपैयाँ पुर्याउने भएको छ । हालै आईएमएफको कार्यकारी बोर्डले गरिबी न्यूनीकरण तथा वृद्धि कोष (पीआरजीटी) को समीक्षा गर्दै यस्तो निर्णय गरेको आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिन गोर्जिएभाले जानकारी दिइन् । आईएमएफले यो कोषमार्फत न्यून आय भएका मुलुकलाई निर्ब्याजी ऋण […]
बैंकिङ निक्षेप ८ अर्बले घट्यो, यस्तो छ कर्जा प्रवाह
बैंकिङ खबर/ बैंकिङ निक्षेप संकलन ८ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकको असोज २२ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा ६५ खर्ब १५ अर्ब निक्षेप संकलन भएको छ । असोज २१ गते भने बैंकिङ प्रणालीमा ६५ खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ८ अर्बले घटेको देखिएको […]
वैदेशिक रोजगार बचतपत्र अब सेयरबजारमा पनि कारोबार हुने
बैंकिङ खबर/ सरकारले वैदेशिक रोजगार बचतपत्रमा अपेक्षित लगानी भित्रिन नसकेपछि यो सेयरबजारमा समेत कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। सरकारले कार्यविधि नै बनाएर सेयरबजारमा समेत यसको कारोबार गर्न सक्ने नीति लिएको हो। बैंक तथा वित्तीय संस्थाबाट पाउने निक्षेपको ब्याजभन्दा २.४२ प्रतिशत बढी ब्याज दिए पनि बचतपत्रमा लगानीकर्ताको आकर्षण नदेखिएपछि सरकारले थप सुविधासहित बचतपत्रमा […]
भदौमा साढे दुई लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो महिना भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता साढे दुई लाख बढीले बढेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ लाख ३४ हजार ९ सय ५७ ले बढ्दै २ करोड ५२ लाख ७ हजार १ सय २२ पुगेको छ । साउन मसान्तसम्म ३ […]
दुई महिनामा थप ९.६७ अर्ब शेयर लोन प्रवाह
बैंकिङ खबर/चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म बैंकहरुबाट थप ९ अर्ब ६७ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म बैंकहरुबाट ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु […]