कोभिडले रोकेन श्रम र रेमिट्यान्स : बढ्यो रेमिट्यान्स
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आबको नौ महिनाको आर्थिक विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा कोरोना महामारीको बीचमा पनि रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म रु.७२९ अर्ब २ करोड रेमिट्यान्स पुगेको छ । अघिल्लो आबको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि […]
कोरोना कहर : अर्थतन्त्रमा विग प्रहार, तंग्रिन नपाउँदै फेरि सन्नाटा !
बैंकिङ खबर/ कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणका कारण यतिवेला देशले निषेधाज्ञाको सामना गरिरहेको छ । निषेधाज्ञाका कारण एकाध व्यवसायबाहेक सबैजसो व्यापार–व्यवसाय ठप्पप्रायः छन् । गत वर्ष पहिलो लहरका क्रममा ११ चैतदेखि करिब ४ महिना कडा लकडाउन हुँदा थला परेका व्यापार–व्यवसायहरू तंग्रिन मात्र के खोज्दै थिए, अहिलेको थप संक्रामक दोस्रो लहरले सन्नाटाको अवस्था सिर्जना गरेको छ […]
‘महामारीमा पनि सरकार र बैंकले नहेरे कहिले हेर्ने ?’
कुमार कार्की अध्यक्ष, नेपाल व्यापार संघ अहिले समग्रमा हेर्दा व्यापारको अवस्था शून्यप्रायः नै छ भन्नुपर्छ । खाद्यान्न, औषधिलगायत केही सीमित वस्तुको मात्र व्यापार भइरहेको अवस्था छ । केही सुपरमार्केट र हार्डवेयरहरूमा पनि आकलझुकल व्यापार भइरहेको होला । यद्यपि, उहाँहरूको आन्तरिक अवस्थाबारे किटान गरेर भन्न सकिने कुरा भएन । यीबाहेक आयात–निर्यात, उद्योगलगायत सबै चिजको व्यापार ठप्प […]
कोभिडले गर्नु गर्यो : विभिन्न जिल्लामा बैंकिङ कारोबार बन्द !
बैंकिङ खबर/ कोभिडको अतिसंक्रामक दोस्रो लहर देशैभर फैलिएका कारण देशको कतिपय भागमा बैंकिङ सेवा बन्दप्रायः अवस्थामा पुगेका छन् । निषेधाज्ञाको सुरुवातमा बैंक तथा वित्तीय क्षेत्रलाई यथासम्भव सीमित कर्मचारीमार्फत सम्पूर्ण सेवाका लागि अनुमति दिइए पनि संक्रमण बढ्दै गएपछि कडाइ गर्न थालिएको छ । यतिवेला देशका सबै भागमा बैंकिङ सेवा सीमित हुँदै गएका छन् भने कतिपय स्थानमा […]
‘यसरी नै व्यवसाय रोकिने हो भने देशको मेरुदण्ड नै भाँचिन्छ’
नरेन्द्र कुमार गुप्ता व्यवसायी, रिद्धिसिद्धि ज्वेलर्स, विशालबजार व्यावसायिक हिसाबले आजको परिस्थितिले हामीजस्तो व्यवसायीको रिडको हड्डी नै टुट्ने अवस्था निम्त्याएको छ । कोभिडको पहिलो लहरले निम्त्याएको लकडाउनको असामान्य झड्का खेपेका व्यवसायीलाई पूरै बौरिन नपाउँदै अर्को झड्का लागेको छ । यो दोस्रो लहरले लकडाउन महामारीको समाधान होइन भन्ने पुष्टि गरेको छ । लकडाउन समाधान होइन, स्वास्थ्य सेवा […]
फेरि पनि व्यवसायीलाई घरभाडा र ब्याजकै पिरलो, सरकारले ल्याउला त राहत !
बैंकिङ खबर । गतबर्ष लामो समय लकडाउनको सामना गरेर कैयौं नोक्सानी व्यहोरेपछि पुन सुरुवातीको चरणमा पुगेको नीजि क्षेत्रको अर्थतन्त्र पुनह तहसनहसको बाटोतिर अग्रसर भएको छ । कोभिड संक्रमणको जोखिम र आर्थिक अभावका कारण जनजीवन अस्त व्यस्त हुन थालेको छ । यो समयमा नीजि क्षेत्र र विशेषगरी गरीखाने बर्ग बढी मारमा छन् । बन्द सटरको भाडा, […]
एनआईसी एसिया बैंकका कारण ऋृणको व्याजमा प्रिमियम तोक्दै राष्ट्र बैंक
बैंकिङ खबर । पछिल्लो समय एनआइसी एसिया बैंकले व्याजदरमा ग्राहक ठग्न बनाएको रणनीति बाहिर आयो । उक्त बैंकका विरुद्ध ग्राहकहरुनै एक हुन थाले । यसरी व्याज बढाउने अरु पनि केही बैंक छन् । ती बैंकका बारे सूचना आउन थालेको छ । यी बेंकले व्याजमा ग्राहक ठग्न थालेपछि प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको छ । […]
एनआईसी एशिया बैंकको व्याज आतंक : ऋणीलाई १६ % व्याज तोकेर पत्राचार
बैंकिङ खबर । एनआईसी एसिया बैंकले कोरोना महामारीका बेला ऋणीलाई आतंकीत बनाएको छ । बैंकको चर्को व्याजले कोही उठीबास भएका छन् भने कोही घरकव्जाबाट त्रसित छन् । सहकारीको भन्दा चर्को व्याज बनाएर ग्राहकलाई ठगी गरेको छ । बैंकले घर कर्जामा १६ प्रतिशत ब्याज लिएको भेटिएको छ । त्यसैगरी सवारी कर्जामा १५ प्रतिशत ब्याज लिएको पाइएको […]