बैंकिङ खबर/अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई बनाउने निर्णय गरेको हो।
मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए।
त्यही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पेमेन्ट गेटवे खरिद प्रकरणमा अदालतमा मुद्दा लगेपछि उनी निलम्बनमा परेका थिए।