March 10th, 2024

७ महिनाको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ

बैंकिङ खबर/ नेपालले चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँ खुद व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको माल वस्तु आयात गरेको नेपालले सोही समयमा यताबाट मुस्किलले ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको निर्यात गर्न सकेको हो ।

यद्यपि, आयात र निर्यात दुवै घट्या समीक्षा अवधिमा व्यापार घाटा समेत केही घट्न पुगेको छ । आर्थिक वर्ष २०७९/८० को ७ महिनामा १९.९ प्रतिशतले आयात र २९ प्रतिशतले निर्यात घटेकोमा यो वर्ष आयात निर्यात क्रमशः २.३ प्रतिशतले र ७.१ प्रतिशतले घट्न पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार यो वर्षको माघ मसान्तसम्म मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । यो अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले कमी हो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]