नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अध्यक्ष परिवर्तन गरेका छन्। वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो। नेप्सेको अध्यक्षमा नेपाल सरकारले सहसचिवलाई जिम्मेवारी दिइँदै आएको छ। अर्थ मन्त्रालयले आफ्नो मन्त्रालय मातहतको रुपमा नेप्सेलाई लिएको छ। नेप्सेको बोर्ड अध्यक्ष पौडेल […]


निश्चित सेयर किनबेच गर्न उक्साउने सूचना सम्प्रेषण नगर्नुः धितोपत्र बोर्ड

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले कुनै निश्चित सेयर किनबेच गर्न नउक्साउन एक सूचना जारी गरी आग्रह गरेको छ। बोर्डले सेयरबजारलाई स्वतन्त्र सञ्चालन हुन दिन अनुरोध गरेको हो। सूचनामा भनिएको छ, ‘…सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको […]


आईपीओ बाँडफाँटको १० कित्ता नीति पुनरवलोकन गर्न समिति गठन

बैंकिङ खबर/आईपीओ बाँडफाँटको १० कित्ता नीति पुनरवलोकनको लागि कुमार झाको संयोजकत्वमा समिति गठन भएको छ। झाको संयोजकत्वमा दुई सदस्य समिति गठन भएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताएका हुन्। उनका अनुसार आईपीओ बाँडफाँटमा पुगेसम्म सबैलाई १० कित्ता दिनुपर्ने हालको व्यवस्था पुनरवलोकन गरिने भएको छ। समितिले हालको न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि […]


धितोपत्र बोर्डद्वारा ३० दिन अगावै लक इन पिरियड सार्वजनिक गर्न निर्देशन

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीहरुलाई ३० दिन अगावै लक इन पिरियड सार्वजनिक गर्न निर्देशन दिएको छ । कम्पनीको सेयर कारोबार बन्द रहने समय र कम्पनीको अर्थात् विवरण समयमा नै जानकारी नहुँदा बजारमा लगानीकर्ताहरु झुकिने र कारोबार समेत प्रभावित हुने गरेको भन्दै यस्तो समस्या हल गर्न कम्पनीहरुले लक इन पिरियडको कम्तीमा ३० दिनअघि सार्वजनिक […]


कामना सेवा विकास बैंक र हातेमालो फाईनान्सबीच फाइभ इन वान सेवा सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ । यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् । कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले […]


हालसम्म यी ६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश

बैंकिङ खबर/हालसम्म ६ हाइड्रोपावर कम्पनीहरुले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । भगवती हाइड्रोपावर, चिलिमे हाइड्रोपावर कम्पनी, सेन्चुरी इनर्जी लिमिटेड, नेपाल हाइड्रो डेभलपर, माण्डु हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् । चिलिमेले १० प्रतिशत सेयर बोनस र ५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले पुस २० […]


भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमार्फत टिप्पणी नगर्न चेतावनी दिएको छ । यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्नेसमेत बोर्डले चेतावनी दिएको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्यमा प्रभाव पार्नेगरी […]


सेयरधितो कर्जाको जोखिम भार घटाइयो, लगानीकर्तालाई राहत

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । योसँगै केन्द्रीय बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ। ५० लाखमाथिको सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारिएको हो। यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार […]


मेरो कार्यकालमा उल्लेख्य काम गरे: अध्यक्ष हमाल

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालमा इतिहासमै नभएको काम भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धितोपत्र बजार स्थापना भएको ३० वर्षको अवधिमा हुनै नसकेको काम २१ महिनाको अवधिमा आफूले गरेर देखाएको बताए। ‘३० वर्षको धितोपत्रको इतिहासमा पहिलोपटक हामीले भित्री कारोबार, पहिलोपटक मार्केट मेनुपुलेसन, एकैपटक ८८ सूचीकृत कम्पनीलाई कारबाही, […]


तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडको सेयर कारोबार स्थगित

बैंकिङ खबर/ तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडको सेयर कारोबार स्थगन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगन गरिएको जनाएको छ । कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै सेयर कारोबार स्थगन गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव […]