Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त

२०८० मंसिर २६ गते

बैंकिङ खबर/अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को अध्यक्ष परिवर्तन गरेका छन्। वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बरालको स्थानमा भन्सार विभागको महानिर्देशक शोभाकान्त पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो।

नेप्सेको अध्यक्षमा नेपाल सरकारले सहसचिवलाई जिम्मेवारी दिइँदै आएको छ। अर्थ मन्त्रालयले आफ्नो मन्त्रालय मातहतको रुपमा नेप्सेलाई लिएको छ। नेप्सेको बोर्ड अध्यक्ष पौडेल र बोर्ड निर्देशकहरुमा अर्थ मन्त्रालयका उपसचिव कृष्ण चन्द्र काफ्ले,राष्ट्र बैंकका निर्देशकद्वय हेमप्रसाद न्यौपाने र मिना पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका दिवेश प्रसाद लोहनी, स्वतन्त्र निर्देशकमा लक्ष्मी प्रसाद महर्जन र नेप्सेका सीईओ कृष्णबहादुर कार्की पनि बोर्डमा रहेका छन्।