Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

निश्चित सेयर किनबेच गर्न उक्साउने सूचना सम्प्रेषण नगर्नुः धितोपत्र बोर्ड

२०८० मंसिर २६ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले कुनै निश्चित सेयर किनबेच गर्न नउक्साउन एक सूचना जारी गरी आग्रह गरेको छ। बोर्डले सेयरबजारलाई स्वतन्त्र सञ्चालन हुन दिन अनुरोध गरेको हो।

सूचनामा भनिएको छ, ‘…सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टीकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्य रोक्न सूचित गरिन्छ।’

विभिनन सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो आएपछि बोर्डले ध्यानाकर्षण जनाएको हो।