
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आज आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । योसँगै केन्द्रीय बैंकले ५० लाखभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएको छ।
५० लाखमाथिको सेयरधितो कर्जाको जोखिमभार १२५ प्रतिशतमा झारिएको हो। यसअघि यस्तो कर्जाको जोखिम भार १५० प्रतिशत थियो। ५० लाखसम्मको सेयरधितो कर्जाको जोखिम भार भने १०० प्रतिशत नै छ।


