December 11th, 2023

कामना सेवा विकास बैंक र हातेमालो फाईनान्सबीच फाइभ इन वान सेवा सम्झौता

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले धितोपत्र ब्रोकर हातेमालो फाईनान्स सर्भिस प्रालिसँग सम्झौता गरी फाइभ इन वान सेवा सुरु गरेको छ । यस सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सीआस्वा र मेरो सेयर एकै सेवामार्फत् प्राप्त गर्न सक्ने छन् ।

कम्पनीले ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बताएको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएम मार्फत् ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै, कम्पनीले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]