
बैंकिङ खबर।
सिटिजन्स बैंकले आफ्ना प्रतिष्ठित ग्राहकका लागि कमलादीमा प्रिभिलेज सेवा सुरू गरेको छ। यस अघि बैंकको प्रधान कार्यालय, नारायणहिटी पथमा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकलाई विशेष बैंकिङ सेवा प्रदान गर्दै आइरहेको थियो।
अब उपरान्त ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले कमलादीमा आफ्नै भवनबाट पनि विशेष बैंकिङ सेवा सुरु गरिएको बैंकले जनाएको छ।
बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने सेवा, मोबाइल बैंकिङको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनी पनि गरेको छ।
बैंकको मुलुकभर रहेका १७४ शाखा, १२३ एटिएम र ११३ शाखारहित बैंकिङ ईकाईबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको उल्लेख छ।