
बैंकिङ खबर।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अैँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो।
सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन्।
सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।