
बैंकिङ खबर।
ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएको छ। बैंकको आज बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बाेलाएको हो।
बैठकले मंसिर २७ गते सोमबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंक सञ्चालक समितिबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल १३.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिने बैंकले जनाएकाे छ।
यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ।
सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल हुनेछ। साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिने पनि बैंकले जनाएकाे छ।