बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडले २०७८ कार्तिक २८ गते आइतबारको दिन काठमाण्डौ स्थित अपाङ्गता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्व अन्र्तगत १०० वटा सेतो छडीको लागि रु। नब्बे हजार आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल ज्यूले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष बिरोध खतिवडा ज्यूलाई हस्तान्तरण गर्नुभएको हो ।
बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउदो मंसिर १७ गते अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहिन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आईरहेको उक्त संस्थालाई पु¥याएको सो रकम सहयोगबाट दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।