बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले ३४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १७.४८ प्रतिशत बढी हो । गत वर्ष सोही अबधिमा मुक्तिनाथ विकास बैंकले २९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उक्त विकास बैंकले कमाएको नाफा बाणिज्य बैंकका रुपमा रहेको बैंक अफ काठमाडौंको भन्दा धेरै हो । बैंक अफ काठमाडौंको २५ करोड नाफा रहेको छ ।