Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी बैंकको नाफामा छलाङ, ४४.२८% को बढोत्तरी

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर । महालक्ष्मी बैंकले पहिलो त्रैमासिकको नामामा छलाङ मारेको छ । बैंकले नाफामा ४४.२८% को बढोत्तरी गरी अन्य सूचकमा पनि सुधार गरेको छ । राष्ट्रियस्तरको महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ४४.२८% प्रतिशतको बढोत्तरी गरेको हो ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा यो बैंकले १५ करोड ९७ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्ष बढेर २३ करोड ५ लाख माथि पुगेको थियो । यस्तै, अघिल्लो आबको पहिलो तीन महिनासम्म २२ करोड ८२ लाखमा सीमित संचालन मुनाफा बढेर २४ करोड ६८ लाखको उचाइमा पुगेको थियो । छ । अघिल्लो वर्ष ४२ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको खूद ब्याज आम्दानी बढेर यो वर्ष ४६ करोड ३७ लाखको उचाईमा पुगेको छ ।

नाफामा निकै राम्रो बढोत्तरीसँगै बैंकको वार्षिकीकृत सेयर आम्दानीमा पनि सुधार भएको छ । अघिल्लो वर्ष २०.८० रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष २७.५९ रुपैयाँको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकले ३९ अर्ब ७८ करोड बढी निक्षेप संकलन गरी ३१ अर्ब ८६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ३८ अर्ब ६० करोड बढी निक्षेप संकलन गरी ३० अर्ब १० करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३.०८ रुपैयाँ पुगेको छ भने कस्ट अफ फण्ड थोरै घटी ६.०७ प्रतिशत, सीडी रेसियो ८८.३६ प्रतिशत, बेस रेट ८.०५ प्रतिशत, पीई रेसियो २१.१३ गुणा, प्रतिसेयर नेटवर्थ १७१.६५ रुपैयाँ र तरलता अनुपात २६ प्रतिशत कायम भएको छ ।

Ad