बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव मनाई साताव्यापी कार्यक्रमको समापन गरेको छ । बैंकको उक्त वार्षिकोत्स कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बैंकको तर्फबाट बैंकका अध्यक्ष अच्युत प्रसाद प्रसाईले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो । बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सभाको समापन मन्तब्य व्यक्त गर्नुभई कार्यक्रम समापनको घोषण गरिएको थियो ।
बैंकले वार्षिकोत्सव कै अबसरमा १०० औं शाखाको रुपमा सुर्खेत स्थित यारीचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने सन्दर्भमा गैर सरकारी संस्था इ–नेवल नेपाललाई कृत्रिम अंग वितरणका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले रु २ लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सांग्रिला डेभलमपेन्ट बैंक लिमिटेडको प्रांगणमा सम्पन्न १७ औं वार्षिकोत्सवको अवसरमा बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरी कदरपत्र तथा तक्मा प्रदान गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिक उत्सवको अवसर पारेर देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आन्तरिक विप्रेशण सेवा समेत सञ्चालनमा ल्याएको छ ।
बैंक-वित्त
सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित सम्पन्न
२०७८ कार्तिक १३ गते