सानिमा बैंक अब काठमाडौंको चपली र भक्तपुरको बालकोटमा


Bankingkhabar /October 21, 2021

बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले मिति २०७८ कात्र्तिक ४ गते काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनज्यूले संयुक्त रुपमा गर्नुभयो ।

यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेतज्यू र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यज्यूले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बंैकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


सोसिअल मेडिया