October 20th, 2021

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

बैंकिङ खबर । सिद्धार्थ बैंक लिमिटेडको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले २०७८ कार्तिक देखि अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।

यसका लागि ग्राहकहरुले बैंकको EasyBank प्लाटफर्म (https://easybank.siddharthabank.com/) प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नुहुनेछ । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्नुहुनेछ ।

पहिला यो सेवा बैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ द्यबलपक्mबचत बाट मात्र प्रदान गर्दै आएको थियो । अब ग्राहक महानुभावहरुले घरबाटै भ्बकथद्यबलप वा द्यबलपक्mबचत प्रयोग गरी मुद्दती खाता खोल्न सक्नुहुने छ । सद्घार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको छ र आगामी दिनहरुमा अरु पनि अनलाइन सुविधाहरु ल्याएर बैंकिङ्ग सेवालाई अझ ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]