दशैं र दक्षिणा : नयाँ नोट भन्दा डिजिटलाइजेशनको खााँचो


Bankingkhabar /October 7, 2021

उदिप लुइटेल –
महिनौं लामो झरीको मौसम सकिएपछि शरद ऋतुको प्रवेश सँगै असोज महिनालेहिन्दु नेपालीहरुको महान चाड बडादशैलाई स्वागत गर्दछ। खेतमा धान झुलेको बेला किसानहरु फुर्सदिला हुन्छन्।अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। कलिलो घामको किरणले दशैमनाउनथपउर्जा प्रदान गर्दछ भन्दा दुइमत नहोला । नेपाली भित्तेपत्रो पल्टाएर हेर्ने हो भने हामी वर्षभरी नै ( हरेक महिना जसो ) छुट्टा छुट्टै किसिमका पर्वहरु मनाउने गरेका छौं । हाम्रा अधिकांश पर्वहरु कृषि सभ्यतासँग सम्बन्धित रहेका छन्।जतिबेला हामीहरुबीच परिवार र समाजको भावना विकास भयो, त्यतिबेलादेखिका हाम्रा परम्पराहरु अहिलेसम्म पनि चलिआएका छन् ।हुनत दसैं अहिले धार्मिकभन्दा पनि सामाजिक पर्वको रुपमा विकास भईसकेको छ । यसभित्र धार्मिक मूल्य र मान्यता जोडिएको भएपनि यसमा सामाजिक पाटोको महत्व बढी मानिएको छ । त्यसैले यो पर्व मासु खाने, जुवा तास खेल्ने, मदिरा सेवन गर्ने जस्ता कामहरुको लागि विशेष हुँदै गईरहेको हो । नाम र शैली बदलिए पनि यस्ता पर्व एवं संस्कृतिहरु हामीहरुले अहिलेसम्म चलाएका छौ ।
दशैं भन्नेबित्तिकै नयाँ नोट सम्झन्छौ । दशैंमा टीका लगाउँदा दक्षिणाको रूपमा नयाँ नोट दिने प्रचलन छ। पछिल्ला केही वर्ष कस्तो भइसकेको छ भने दशैंमा नयाँ नोट नै चाहिन्छ भन्ने ‘लहड’ नै शुरु भएको छ । नेपाल राष्ट्र बैंकले पनि दशैंको छेको पारेर हरेक वर्ष बजारमा ठूलो मात्रामा नयाँ नोट पठाउने गरेको छ । अन्य समयमा भन्दा यो समय नयाँ नोट ठूलो मात्रामा बाहिरिन्छ । नेपाल राष्ट्र बैङ्कले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा बितरण गर्न छुट्याउने गर्दछ ।

के दशैं र नयाँ नोटको कुनै सम्बन्ध छ र?
यसको उत्तर सोझोरुपमा भन्नुपर्दाछैन , दशैं र नयाँ नोटको सम्बन्ध भनेको नयाँ कपडा र दशैं भनेजस्तै मात्र हो, जसको एक आपससँग खासै केही सम्बन्ध हुँदैन । तर, अहिले मनोविज्ञान कस्तो भइसकेको छ भने मानिसहरु दशैं आए पछि नयाँ नोटको व्यवस्थापनमा लाग्न थालिहाल्छन् ।बैंकमा आउने हरेक व्यक्तिले एक पटक अवश्य सोध्ने प्रश्न ‘नयाँ नोट आएको छैन, कहिले देखि बाँड्ने हो रु’राष्ट्र बैंकले दशैंका लागि भन्दै ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नयाँ नोट सटही सुविधा प्रदान गर्दछ । वितरण गरिएका यि दरका नोटका लागि मात्रै राज्यको ६५ करोड रुपैयाँ खर्च बेहोरेको छ । एकातर्फ छपाईमै यतिधेरै खर्च हुन्छ भने दशैंमा वितरण गरिएका धेरै नोटहरु अन्य समय भन्दा अगाडि नै विग्रने तथा नष्ट हुने कारणले पनि राज्यकोष ठूलो रकम नयाँ नोटमा खर्च हुने गरेको छ । दशैंमा नयाँ नोट प्रयोग गर्दा अबिरतथा टिका लाग्छ । अझ दक्षिणाको रुपमा दिँदा त अबिर टिकादलेर दिने प्रचलन छ । नोटमा अबिर तथा टिका थप्दा नोटको आयु कम हुन्छ ।

नेपाली नोटको आयु कति ?
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सामान्यतया कागजी नोटको आयुचार वर्षको हुन्छ। नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना नहुँदा नेपालमा त्यसभन्दा कम समयमै नोट काम नलाग्ने अवस्थामा पुग्छन्। नेपाली नोटको आयु अन्य देशको तुलनामा कम हुने गर्दछ। बैंकले निष्काशन गर्ने ५, १०, २०, ५० र १०० दरका नोटको आयु करिब २ वर्ष हुने गरेको राष्ट्र बैंकले बताउदै आएको छ । त्यस्तै ५ सय र १ हजारका नोटको आयु साढे तीन वर्ष हुने गरेको छ । नोटलाई पानीमा भिजाउने, केरमेट गर्ने, गुजुल्टो पारेर राख्नाले नोटको आयु छोटिन्छ। राष्ट्रिय सम्पत्तिको नोक्सान हुन जान्छ। नोटलाई नोक्सान हुनबाट जोगाउन मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २६३ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा लेख्न नहुने व्यवस्था गरिएको छ। नोटमा कोर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना लाग्ने कानुनी व्यवस्था छ।

नेपाली नोटको आयु कमहुनुको कारणहरु

* नोटको सुरक्षा गर्नुपर्छ भन्ने चेतना नहुनु।
* सानो दरका नोटहरु बिनिमयको साधन नभई बच्चाहरुलाई खेलौनाको रुपमा प्रयोगहुनु।
* दक्षिणानयाँ नोट दिने भनेर सटहि हुन्छ तर अधिकान्सको प्रयोग जुवा,तास खेल्नमा प्रयोगहुनु।
* नोटलाई मन्दिरमा चढाउँदा सुख्खा नोटमात्रै चढाउने र नोट चढाएको ठाउँमा दूध वा पानीले भिजाउनु ।
* गाउँघरतिर थैली र पटुकामा नोट पोको पारेर राख्ननाले।

डिजिटलाइजेसन
संसारभर अहिले कागजविहीन समाज (डिजिटलाइज सोसाइटी) को बहस व्यापक बनेको छ । विभिन्न मुलुकका बैंकहरुले डेबिट र क्रेडिट कार्ड प्रयोगमा व्यापकता दिँदै आएका छन् । विधुतिय कार्डहरुमार्फत् भुक्तानीको प्रचलन पनि व्यापक बन्दै गएको छ । नेपाल सरकारले पनि “समृद्ध नेपाल सुखी नेपाली” नाराको साथ एक नेपाली एक वचतखाता सन्चालनमा ल्याएको छ। मानिसहरु मोबाईल बैंकिङ,  इन्टरनेट बैंकिङ, कनेक्ट आईपिएस मार्फत एउटा बैंकको खाताबाट अर्को बैंकको खातासमेतमा रकम पठाउन सक्षम हुँदै गैरहेका छन, फलस्वरुप मुद्राको चलन घटाउन सहयोग पुग्छ। विधुतीयप्रविधीको प्रयोगमा उल्लेख्यब्रिद्धिभएको छ । मोबाइल बैंकिङ प्रयोग गर्ने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  नेपालमा ईसेवा, खल्ती, प्रभु पे, आईएमई पे, जस्ता थुप्रै डिजिटल वालेटहरु संचालनमा रहेका छन् । यी सेवाहरुमार्फत कुनै पनि बैंकमा रहेको खाताबाट प्रत्यक्षकारोबार गर्न सकिन्छ । यसबाट विजुली, इन्टरनेट, यातायात, फोन, खानेपानी लगायतका बिल भुक्तानी गर्न सकिन्छ ।

मोबाइल बैँकिङले प्रदान गर्ने सेवा तथा सुविधाहरु
* एकाउन्ट र कारोबारका बारेमा जानकारी
* आफ्नो एकाउन्टबाट जुनसुकै अरु एकाउन्टमा तुरुन्तै पैसा ट्रान्सफर गर्न सक्ने सुविधा
* रजिस्टर भएका जुनसुकै कम्पनिको विल तिर्नुका साथै मोबाइल रिचार्ज समेत गर्न सकिने
* आफ्नो बैँकिङ कारोबारबारे जानकारी प्राप्त गर्न सकिने
* विनिमय दर, ब्यालेन्स लगायतका कुराहरुका बारेमा सोधपुछ गर्न सकिने

अन्त्यमा
बैंक तथा वितिय संस्थाहरूले पनि कागजी नोटको प्रयोग घटाउन र यसलाई डिजिटलाइज गर्न दक्षिणा मोबाइलबाट बैंक खातामा जाने योजना ल्याएर अगाडी बढाउन जरुरी देखिन्छ । त्यसका लागी बैंक तथा वितिय संस्थाहरुले सामाजिक उत्तरदायित्वको रुपमा आफ्ना ग्राहकलाई विभिन्न उपहार योजनाजस्तै क्यास ब्याक ल्याउन जरुरी देखिन्छ जसको कारण मानिसहरु यस प्रति आकर्सित हुन्छन। मोबाइलमा डाउनलोड गरेको एउटा एपको माध्यमबाट घरमै बसेर पैसा ट्रान्सफर गर्नेदेखि लिएर सम्पूर्ण कार्य गर्न सकिने सुविधा डिजिटल पेमेन्ट सर्भिस प्रोभाइडरले दिने गर्दछन् । आफ्नो मोबाइलबाट नै सम्पूर्ण बैँकिङ कारोबार हुने भएकाले यसले समयको बचत गराउँछ । चौबिसै घण्टा उपलब्ध हुने यो सेवाका कारण मानिसले जुनसुकै समयमा पनि बैँकिङ कारोबार गर्न सकेका छन् ।नगद प्रयोग गर्दा जतन नगर्ने, रङ लाग्ने जस्ता समस्याबाट मुक्त हुन डिजिटल भुक्तानी प्रविधि महत्वपूर्ण हुन्छ, र यस्तो प्रविधिले न त नयाँ नोट साट्न हारालुछ गर्दै बैंकमा लाइन नै लाग्नु पर्छ । साथै दशैंकै समयमा नयाँ नोट वितरण नगर्ने हो भने, राज्यले खर्च तथा व्यवस्थापनको चुनौती सामना गर्नु पर्ने थिएन । दशैंमा दक्षिणा दिन नोटनै चाहिन्छ भन्ने हाम्रो मान्यता कायमै रहे पनि प्रविधिमा आएको उल्लेख्य परिवर्तनले यसको विकल्प खोजि सकेको छ। विश्वभर नै नोटको विकल्प खोजि भइ रहेका बेला नेपाल जस्तो दक्षिणा दिने संस्कृति र चाडबाड भएका देशका लागि यो बरदान नै बन्न सक्छ।

लुइटेल हाल नेपाल बैंक लिमिटेडमा कार्यरत हुनुहुन्छ । 


सोसिअल मेडिया