Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
दशैं बिशेष

दशै बिदामा पनि बैंकहरूका शाखा खुल्लै : वित्तीय कारोबारमा सहज

२०८२ आश्विन १५ गते

बैंकिङ खबर/ दशैंको लामो बिदामा पनि वाणिज्य बैंकहरूले विभिन्न शाखा सञ्चालन गरेका कारण बैंकिङ सहजता भएको छ । विदाको समयमा बैंक संचालन हुँदा सर्बसाधारणलाई आवश्यक वित्तीय कारोबार गर्न सहज भएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा शाखा कार्यालयहरू खुला रहेका छन् । बैंकहरूको सूचनाअनुसार दशैं बिदामा खुल्ने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्राप्त गर्न सकिनेछ। यस अवधिमा नगद भुक्तानी तथा निक्षेप, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय, एटिएम मर्मतजस्ता आधारभूत सेवा सहज हुने छन् ।