बैंकिङ खबर/ दशैंको लामो बिदामा पनि वाणिज्य बैंकहरूले विभिन्न शाखा सञ्चालन गरेका कारण बैंकिङ सहजता भएको छ । विदाको समयमा बैंक संचालन हुँदा सर्बसाधारणलाई आवश्यक वित्तीय कारोबार गर्न सहज भएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा शाखा कार्यालयहरू खुला रहेका छन् । बैंकहरूको सूचनाअनुसार दशैं बिदामा खुल्ने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्राप्त गर्न सकिनेछ। यस अवधिमा नगद भुक्तानी तथा निक्षेप, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय, एटिएम मर्मतजस्ता आधारभूत सेवा सहज हुने छन् ।