
बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले मिति २०७८ असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानेपा कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालज्यूद्वारा संयुक्त रुपमा भयो ।
सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिनुभयो । यसैगरी हरिसिद्धि कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गर्नुभयो । समुद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । सानिमा बंैकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।