मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का÷मदिनामा जाने तीर्थालु नेपाली हजयात्रीहरुको सुविधाको लागी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हजयात्रीहरुलाई आवश्यक पर्ने साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । साथै, हजयात्रीहरुको सुविधाको निमित्त सिटिजन्स बैंकले घण्टाघरस्थित पञ्चकश्मिर ताकिया मस्जिदमा बैंकको काउण्टर राखि साउदी रियाल सटही सुविधा प्रदान गरिरहेको छ । नेपाली हजयात्रीले आफ्नो राहदानी तथा टिकटबापत अधिकतम साउदी रियाल ९०००/– (नौ हजार) सम्म प्राप्त गर्न सक्नेछन् । बैंकले सम्पूर्ण मुस्लिम हजयात्रीहरुलाई सफल यात्राको शुभकामना समेत व्यक्त गरेको छ ।



