September 24th, 2021

कामना सेवाले सुरु गर्‍यो ‘के.एस डिजी’ डिजिटल वालेट सेवा

बैंकिङ खबर । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको जानकारी गराएको छ । यो सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले पनि घरमै बसीबसी विना झण्झट केही कागजातहरु Upload गरी ‘KS Digi’ Wallet खोल्न सक्नेछन् ।

यही असोज ७ गते एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गर्नुभएको थियो । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैकंले आफुलाई Digital Banking सेवाहरुमा अब्वल बैंैकको रुपमा स्थापित गर्ने उदेश्य रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]