
बैंकिङ खबर । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानिछानि उपहार पाउने छन् ।
चाडपर्वमा ग्राहकहरुले अफरलाई बढी प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयो । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नुहुनेछ ।
अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नुहुनेछ । ग्राहकहरुले प्रत्येक ICV Haulage, MCV टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा TVS NTorq अथवा त्ख्क् ल्त्यचत्र स्कुटर पाउन सक्नु हुनेछ भने माथि उल्लेखित गाडीहरु मध्ये ICV Haulage, MCV Tipper वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा Apple Mac Book Pro साथै Iphone 12 Pro Max अथवा Royal Enfield 350 CC Bullet Bike पाउन सक्नु हुनेछ ।
कुनै पनि HCV साथै ICV टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 Pro Max अथवा Iphone 12 Pro Maxपाउन सक्ने हुने छ । त्यस्तै गरी दुई वटा HCV र ICV टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा Iphone 12 Pro Max र Iphone 12 Pro Max अथवा Iphone 12 Pro Max पनि पाउन सक्नु हुनेछ । HCV तथा ICV टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नु हुनेछ ।
यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।