
बैंकिङ खबर । सिद्धार्थ बैंकले काठमाडौं महानगरपालिका कमलादीस्थित जोन्ता क्लब काठमाडौं नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु. चार लाख सन्तानब्बे हजार दुई सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट का.Þमु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लब काठमाडौं नेपालका अध्यक्ष सीमा गोल्छालाई हस्तान्तरण गर्नुभएको थियो ।
बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिला हिंसाविरुद्ध सचेतना जगाउने चेतनामूलक भिडियो सामग्रीकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवद्र्धन गरी हिंसा विरुद्ध आवाज उठाउनमा प्रोत्साहन गर्नेे उद्देश्य जोन्ता क्लबको रहेको विज्ञप्तिमा उल्लेख छ ।
समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको जोन्ता क्लबलाई बैंकले पु¥याएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य सिद्धार्थ बैंकले जनाएको छ ।