September 21st, 2021

व्याजदर बृद्धिमा राष्ट्र बैंकको एक्सन : मनपरी व्याजदर बढाउने बैंकवित्त कार्बाहीमा पर्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफुखुसी व्याजदर बढाउने बैंकवित्तलाई कार्बाही गर्ने भएको छ । बेंकवित्तले निक्षेप संकलनमा आफूखुसी व्याजदर बढाइरहेका बेला राष्ट्र बैंकले कार्बाही गर्ने बताएको हो । केही बैंकहरुले निक्षेपमा १० प्रतिशतसम्म व्याजदर तोकेका छन् । मंगलबार राष्ट्र बैंकले बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोशियसन तथा वित्तीय संस्था संघका अध्यक्षहरुलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर बढाउनेहरुलाई तत्कालै घटाउन निर्देशन समेत दिएको छ । केही बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको निक्षेपको स्पे्रडदर उल्लंघन गर्दै निक्षेपको ब्याजदर तोक्दै आएका छन् । राष्ट्र बैंकले दिएको निर्देशनविपरित बैंकहरुले बचतमा दिने ब्याजदर र मुद्दति निक्षेपमा दिने ब्याजदर ५ प्रतिशतको अन्तर पनि कायम नगरेको राष्ट्र बैंकले जनाएको छ । अब बैंकवित्तले आफूखुसी बढाएको व्याजदर घटाउनुपर्ने अबस्था रहने छ ।

अधिकाँस बैंकवित्तले व्याजदर बृद्धि गरेका छन् । तरलता अभाव बढ्न थालेपछि बैंकहरुले मुद्धति निक्षपमा १० प्रतिशत व्याजदर तोकीसकेका छन् । निक्षेपकै लागि बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याज तोकेका हुन् । राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिबाट कर्जा (पुँजी निक्षेप अनुपात) सीसीडी रेसियो खारेज गरेपछि बजारमा तरलता अभाव बढेको विश्लेषण गर्न थालीएको छ । दशैं नजिकिँदै गर्दा बैंकवित्तमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । लामो समयको कोभिड प्रभावपछि बजार खुलेसँगै कर्जाको माग पनि बढेको छ । तर आबश्यक अनुरुप निक्षेप संकलन भने भएको छैन ।

हरेक आर्थिक वर्षको २।३ महिना सकिन नपाउँदै नेपालका बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुन थाल्छ । विगत केही वर्षदेखि नै यस्तो समस्या आइरहेको छ । आर्थिक वर्षको सुरुवातदेखिनै आक्रामक रुपमा ऋण लगानी गर्ने बैंकहरुको प्रवृत्तिका कारण बैंकिङ प्रणालीमा सँधै तरलता अभावको समस्या निम्तिने गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]