
बैंकिङ खबर । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% सम्म छुट पाउन सकिने गरिमा विकास बैंकले जनाएको छ ।
साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% सम्म छुटको सम्झौता गरेको छ ।