September 14th, 2021

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा डिजिटल साक्षरता कार्यक्रम


बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैक लि. मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाडौंको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एवं प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजिटल बैकिङ्ग को महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विशिष्ट अतिथीमा प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारी अतिथिहरुमा प्रहरी निरिक्षक रमेश थापा लगाएतको उपस्तिथीमा सामाजिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गर्नुभएको थियो भने शाखा कार्यालय गल्छी धादिङ्गका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाका प्रमुख गौरब काफ्लेले उक्त विषयमा बोल्दै पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकिङ्गको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्युन जोखिम हुने कुरा बताउनु भयो ।

साथै काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एवं नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजिटल बैंकिङ्ग कारोबार गर्ने संख्यामा वृद्धि भएको तर अझै प्रविधि र ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताउनुभयो ।

खाता खोल्न, खातामा पैसा पठाउन, ऋण आवेदन दिन, विभिन्न महसुल भुक्तानी गर्न, रिचार्ज गर्न लगाएतका बैकिङ सेवाहरु अहिले घरमै बसेर गर्न सकिने ःबलगब िसहित प्रस्तुत गर्नुभयो । हाल नेपाल राष्ट्र बैकको नीतिअनुसार क्यासलेस कारोबारमा एकैचोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोगतर्फ आफ्ना ग्राहकलाई आकर्षण गरी विधुतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंकले महत्वपूर्ण पाटोको रुपमा डिजिटल कारोबारलाई लिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले डिजिटल बैकिङ्गको महत्व बढिरहेको वर्तमान समयमा यस कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेल्ने बताउदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गर्नु भयो । सांग्रिला डेभलपमेन्ट बैंकले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई समेत दिनुभयो । खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्मार्ट मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिटान्स, अन्तर बैक विद्युतीय भुक्तानी प्रणालीको महत्व तथा सुविधाका साथै समग्रमा डिजिटल बैकिङ्गको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्लेलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंकले देशै भरिका ९६ ओटा शाखा कार्यालयबाट यस किसिमको कार्यक्रम गर्दै वित्तीय सचेतना, विद्युतीय भुक्तानी प्रणालीको महत्व, फाइदाका बारेमा जानकारी दिँदै विद्युतीय भुक्तानी गर्नतर्फ प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]