September 13th, 2021

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको स्मार्टफोन किन्न सकिने

बैंकिङ खबर । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा.लि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसीप स्मार्टफोन जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतामा सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा (Zero EMI) १२ महिना समयावधिको लागि प्रि—बुकिङ्ग गर्न सकिने जनाएको छ ।

यसका साथै प्रि—बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिने बताइएको छ । भदौ २० गतेबाट प्रि—बुकिङ्ग शुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च असोज ६ गते हुनेछ । प्रि—बुकिङ्ग आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा https://creditcard.sanimabank.com/credit-card/online-application लगइन गरी आवेदन दिन सकिने सानिमा बैंकले जनाएको छ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]