Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्राइम डिवेञ्चर ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

२०७८ भाद्र २२ गते

बैंकिङ खबर । प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति थान रु. १००० को दरले हुन आउने रु.२,४४,७९,६३,०००/- (अक्षरुपी दुई अर्ब चौवालिस करोड उनान्असि त्रिसठ्ठी हजार रुपैँया) बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको थियो ।

Ad