
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वाग्मति प्रदेशका ठुला आयोजनाहरुमा सन्तोषजनक कार्य देखिएको छ । यस प्रदेशमा संचालित अर्थतन्त्रमा प्रभाव पार्ने ठूला आयोजनाको समीक्षा अवधिमा रहेको स्थिति निम्नानुसार प्रस्तुत गरिएकोछ ।
काठमाण्डौ तराई मधेश द्रुत मार्ग : आयोजना : आ.व. 2074/ 75 बाट सुरुवात गरी रु.२ खर्ब १३ अर्ब ९५ करोड ३२ लाख लागतमा आ.व. ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उक्त आयोजनाको भौतिक प्रगति ७४.८० प्रतिशत र वित्तीय प्रगति ५३.८३ प्रतिशत भएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना : आ.व.०६७/६८ बाट शुरु भएको र आ.व.०७७/७८ मा हेडवक्र्सका सबै संरचना निर्माण सम्पन्न भई रिजर्भवायरको परीक्षण सम्पन्न भएको छ । ४७ कि.मि. लामो २२० के.भि. प्रसारण लाईन निर्माण कार्य सम्पन्न भएको छ ।
मेलम्ची खानेपानी आयोजना : को भौतिक प्रगति ७६.७१ प्रतिशत र वित्तीय प्रगति ३६.४५ प्रतिशत भएको छ । यस अन्तर्गत हेडवर्कस निर्माण ७० प्रतिशत, सुरुङ्गको Grouting तथा Rockbolt जडान रInstrumentation उपकरण जडान कार्य सम्पन्न भएको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना : आ.व.०७३/७४ बाट शुरुवात भई आ.व. ०८०/८१ सम्ममा रु.४६ अर्ब १९ करोड लागतमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उक्त आयोजनाको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २.०७ प्रतिशत भएको छ । जस अनुसार पावरहाउस र TBM Inlet Portal जग्गा प्राप्तिका साथै हेडवक्र्स, पावरहाउस, सर्जसाफट आदिको Detail Engineering Design ड्राफ्ट review सम्पन्न भएको छ । टनेल र सोसँग सम्बन्धित अन्य संरचना निर्माण कार्य सम्पन्न भएको छ ।
पशुपति क्षेत्र विकास कोष आयोजना : आ.व. ०५७/५८ बाट शुरु भई रु.१ अर्ब २७ करोड लागत अनुमान गरिएको यस आयोजनालाई आ.व. ०७८÷७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उक्त आयोजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति १५ प्रतिशत रहेको छ ।
गल्छी त्रिशुली मैलुङ्ग स्याफ्रुवेसी रसुवागढी सडक आयोजना : यस आयोजनाको ३४ प्रतिशत (कुल ८२ कि.मि. मध्ये पहिलो खण्ड ४६ कि.मि. मा २१ कि.मि. कालोपत्रे सम्पन्न, दोस्रो खण्ड १९ कि.मि. खरीद प्रक्रियामा रहेको,तेस्रो खण्ड १७ कि.मि. चीन सरकारद्वारा ठेक्का व्यवस्थापन भई निर्माण शुरु हुने चरणमा रहेको छ । कार्य प्रगति भएको छ ।
मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल : यस आयोजनाको२४ प्रतिशत (प्रारम्भिक इन्जिनियरिङ्ग डिजाइनको कार्य, रातमाटे सबस्टेशनको लागि जग्गा अधिग्रहण कार्य) सम्पन्न भएका छन्।