Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत

२०७८ भाद्र १८ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकको ऋणपत्र २०८४/८५ को नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । मुक्तिनाथ विकास बैंक र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच यही भदौं १७ गते ऋणपत्र सूचिकृत गर्ने सम्झौता भएको हो ।

८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु. १०००/– कायम भएको कुल १२,५०,००० कित्ता थान ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि. (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको २९७८ भदौ १५ गतेको निर्णयानुसार सूचिकरण भएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Ad