Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

२०७८ भाद्र १८ गते

बैंकिङ खबर । सिद्धार्थ बैंकले २०७८ भाद्र १० गते बिहीबारको दिन ललितपुर नगरपालिका मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको सहयोग, बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले उक्त आदर्श कन्या निकेतन विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई प्रदान गर्नभएको थियो ।

बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले उक्त प्रिन्टर तथा कम्प्युटर सेटहरु विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । यस अभियान अन्तगत यस विद्यालयका लगभग ३०० विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको अवसर पु-याउने र सार्वजनिक शिक्षा प्रणाली अझै सबल र सुदृढ हुने विश्वास बैंकले लिएको छ ।

Ad