September 2nd, 2021

डिजिटल बैंकिङको अबधारणासँगै परिर्वतन भएका श्रृखलाहरु :

सुरज सापकोटा

नेपालको बैकिङ्ग ईतिहास हेर्दा केन्द्रीय बैक बाट नभई वाणिज्य बैंकको इतिहास बाट विकास भएको हो । हामी नेपाली र नेपालको गौरवको बैक भनेर चिनिने नेपालको पहिलो बैक नेपाल बैक लिमिटेड सँगै नेपालमा आधुनिक बैकिङ्ग इतिहास सुरु भएको हो । वि.स. १९९४ सालमा यस बैकको सुरुवात सँगै विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना लगायतका उद्योगको पनि स्थापना भयो । हामीले समय र खोलाको वेगलाई जहिले पनि बुझनु पर्ने हुन्छ । एउटा लेजर सिष्ट्रम बाट सुरुवाद भएको नेपालको बैकिङ्ग ईतिहास आज म्ष्नष् द्यबलप अर्थात डिजिटलाईजेशनको जवानामा आईपुगेको अवस्था छ । परम्परागत रुपमा प्रवाह भएको बैकिङ्ग सेवालाई (वित्तिय प्रविधि) फिनटेकको माध्यमबाट प्रदान गर्ने प्रविधि नै डिजि बैकको अवधारणा हो । विश्व प्रविधिको बजारमा अध्याधुनिक प्रविधि मार्फत ग्राहकले सेवा लिइ रहेको अवस्था छ । विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले पनि प्रविधिको भरपुर प्रयोग गरी डिजिटल बैकिङ्गको विकास गर्ने सोचलाई प्राथमिकतामा राखेको छ भने नेपाल सरकार, नेपाल राष्ट्र बैक, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि यसको आवश्यकताको महसुस गरेका छन् । विश्व माहमारीको रुपमा फैलिएको कोभिड १९ का कारण आफ्नो वित्तीय केही आवश्यकताको परिपुर्ति ग्राहकहरुले घरबाटै गरेका छन् ।

खास गरी डिजि बैक अर्थात डिजिटल बैकिङ्गका उच्च आवश्यकताको मनन् गरी वित्तिय प्रतिधिलाई ब्यापक बनाउने, विश्व बजारमा आविश्कार भएका नया प्रविधि सँगै सो को पूर्वाधार निमार्ण गरी यसको विस्तार गर्दा, वित्तिय प्रविधि सँगै वित्तीय क्षेत्रले नयाँ गोरेटो कोद्छ । लेजर बैकिङ्गबाट computerized हुदै Digi Banking सम्म पुग्दा यसका धेरै फईदा, बेफाइदा देखि लिएर निश्चित मापदण्ड बमोजिम विभिन्न निति, नियम, निर्देशन र मातहतको परिधि भित्र रही सञ्चालन गनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा उल्लेखित उद्देश्यहरुमा मुख्य एद्देश्य मुलुकको भुक्तनी प्रणालीलाई स्वस्थ्य, सुरक्षित, सक्षम र भरपर्दो रुपमा बैकिङ्ग प्रणालीलाई अगााडी बढाउने हो । जसमा यस सम्बन्धमा विभिन्न ऐन नियम, विनियामावली, निर्देशिका आदि बनेका छन् ।

डिजि बैकिङ्गको विस्तारको लागी मुख्य रुपमा ग्राहकलाई चाहिने स्माट मोवाइल तथा इन्टरनेटको सुविधा हो । नेपालको अधिकाश भूभागमा दुरसञ्चारको सुविधा पूगेको छ । करिव ९० प्रतिशत जनतामा मोवाइल सेवा तथा ६५ प्रतिशत जनतामा इन्टरनेटको सुविधा पुगेको तथ्याड्ढमा उल्लेख छ । यस्तै नेपाल राष्ट्र बैकको तथ्याड्ढक अनुसार ६०.९ प्रतिशत जनतामा बैकिङ्ग पहुच पुगेको छ भने विश्व बैकको Universal Financial Access 2020 Initiative मा खाता खोल्नुलाई वित्तीय समावेशीताको पहिलो कदमको रुपमा मानेको छ । डिजिटल माध्यम बाट कारोवार गर्दा कम खर्च लाग्ने, कर्मचारी खर्च कम हुने, वितिय समावेशिकता बढ्ने, युवा पुस्तामा नया प्रविधि हस्तान्तरण हुने, बैकिङ्गमा भिडभाड कम हुने, समयको बचत सगै उत्पादकत्व बढ्ने, कागजी नोटको छपाईमा हुने खर्चको कटौती सगै सो को आयु बढ्ने, नगद चोरी र अपराधिक कार्य कम हुने, सम्पति शुद्धकरण जस्तो जघान्य अपराधिक कार्य नियन्त्रण हुने, कर छली कम हुने लगायत धेरै लाभदायक रहन्छन भने बैकको लागी फाइदा सगै चुनैति पनि उत्तिकै रहन्छन् । मुख्य रुपमा हेरिने ग्राहक संरक्षण सिद्धान्त अनुरुप सेवा प्रदान गर्दा धेरै चुनौति रहन्छ भने पुर्वाधार निर्माण, कर्मचारी ब्यबस्थापन, सो को तालिम र गुणस्तर र प्रविधि मैत्रि वातावरण सगै उत्कृष्ट सेवा दिने कार्यवातावरण चुनौतिमय छ ।

आधुनिक बैकिङ्गको सुविधा सगै नेपालमा Digi banking को अवधारण भित्रिएको छ । जसलाइृ हाल जारी गरिएको आ.व. २०७७/७८ को मौद्रिक नीतिले पनि संकेत दिएको छ । स्न १९९० को दशकमा नविल बैकले क्रेडिड कार्डको प्रयोगमा ल्याएको थियो । यसै गरी SMS banking, Internet banking, viber banking, mobile banking, online call center  आदी सुविधा विभिन्न प्रविधिको प्रयोग सँगै आए । यस सँगै हामीले सामान्य रुपमा बैकमा पैसा जम्मा गर्दा र चेकको भुक्तानी माग गर्दा मोवाइल नोडिफिकेशन अलर्ट हुने, चिया पसल देखि सपिङ महल सम्म सामान्य डेबिड क्रेडिड काडको भरमा भुतानी गर्न सकिन्छ । हालको परिमार्जित प्रविधि अनुसार डिजि बैक अर्थात डिजिटलाईजेशन बैकिङ्ग सिनारियो अन्तरगत नेपालका बैक तथा वित्तिय सस्थांले अवलम्वन गरेका सुविधाहरु के के हुन त ?

अनलाईन कनेक्शनः (Online Connection)
डिजि बैक अर्थात डिजिटलाईजेशन बैकिङ्ग अन्तरर्गत घरबाटै अनलाईन खाता खोल्न सकिने, नगद जम्मा तथा भुक्तानी गर्न, लोन रिकोयट्रिङ, अनलाईन आफनो जिज्ञासा सोध्न सकिने ब्यवस्था हो। यस किसिमको सुविधा नेपालका प्राय बैकहरुले दिएका छन्।
भेन्डर सप्रोट अनलाईन कनेक्शनःSzgMQR Code Scanning, Electronic Cheque Transfer(ECC), Point of Sales (POS) and Point of Transaction (POT), mobile banking, e- banking Debit/ Credit card ,Connect IPS, RTGS,e-Remit,e-Pay, शेयर कारोवार, लगायतका सेवाहरु डिजिटल बैकिङ्ग सग सम्बन्धित छन। आजको विश्व प्रविधि विश्व सञ्जालमा फैलिएको छ। डिजि बैकको प्रयोग सगै हामीले सामान्य काम देखि एक देश बाट अर्को देशका ब्यापारीक कारोवार सम्मगर्न सक्छौ। यो एउटा अनलाइएन प्लाटफर्म हो। जसको माध्यमबाट एक ब्यतिm देखि अर्को ब्यतिmलाई लिनुपर्ने दिनु पर्ने आर्थिक कारोवार, सस्थागत कारोवार अन्तगर्त विद्युत महसुल, खानेपानी महशुल, स्कुल फि, लगायत विविध कार्यको पेमेन्ट मोवाईल एयप्सको प्रयोगबाट लिमिट अन्तगतको रकम रकमातर, भुत्तानी लगायतका कारोवार गर्न सकिन्छ। यस्तै डिजिटल बैकिड्ढअन्तगतको एउटा फिचर Connect IPS हो । यदि हामी Connect IPS मा आबद्ध भई आफनो खाता लिकं गरिन्छ भने हामीले आफनो खाताबाट लिमिट अनुसारको रकम सम्बन्धित व्यक्ति बिषेशलाई रकमान्तर गर्न सहजै सकिन्छ। यस्तै ग्राहकले कर्जाको Processing गर्दा Customer Documentation Management System (CDMS) को प्रयोग गरी बैकले दिएको User Passwords को आधारमा कागजात पेश गर्न सकिन्छ। यस्ता उदाहरण धेरै छन जुन एक किलिक मा गर्न सकिन्छ। त्यसैले भैतिक रुपमा सधै बैक धाउने बानीलाई विस्थापित गरी डिजिटल बैकको प्रयोगमा जुटौ र समयको बचत गरौ। यस्तै फिचर र सुविधाहरु बैकहरुले निरन्तर अध्यान गरी चमत्कारिक सुविधाहरु ग्राहकहरु माझ पस्की रहेका छन।सरकारी दस्तुरहरु भुक्तानी गर्नको निमित्त नेपाल सरकारले अगामी वर्ष देखी भन्सारमा डिजिटल पेमेन्ट सिस्टम लागु गर्ने तयारी गरेको छ जुन कुरा डिजिटल बैकिङ्गमा आबद्ध गर्न सकिन्छ ।

अबको यात्रा सुरक्षित हुनु हो । घर अफिस बाटै दैनिक प्रयोगमा आउने भुक्तानी कार्य देखी मरोञ्जन ब्यापार ब्यवसाय सम्मका कार्यको One click मा गर्न सक्छौ । तर डिजिटल बैकिङ्गका उपकरणको प्रयोग बारे अधिकाश सरोकारवालामा ज्ञानको कमी, सो को विषयमा गा्रहकहरुलाई पयाप्त जानकारी हून नस्कनु, विश्वास कमी हुनु, सही समयमा प्रविधिले काम गर्न नसक्नु, बैकको झनझटिलो डकुमेन्टेशन प्रक्रिया आदिका कारण आधुनिक सेवा भुक्तानी गर्ने सञ्चालक र सेवा प्रदायकले विभिन्न प्रविधिको प्रयोगबाट हुने डिजिटल कारोवारको बारेमा सरोकारवाला र गा्रहकलाई अझ पुर्ण विश्वास दिन सकेको देखिदैन। विषेश गरी नवीन क्षेत्रमा गा्रहकहरु प्रवेश नै गर्न नचाहने, साक्षरता सम्बन्धी कार्यक्रमको अभाव, प्रविधि मुलक विषय पाठ्क्रममा कम समावेश जस्ता कारण विश्व प्रविधिका आर्यामहरु हमा्र लागी नविनम्त हुनु समस्याको विषय हो। त्यसैले प्रविधि सग घुलमिल हुदै डिजिटल बैकिङ्ग प्रविधिमा जाउ, समयको बचत गरौ। स्वस्थ्य र सुरक्षित बनौ। 

( सापकोटा नेपाल बैक लिमिटेड प्रधान कार्यालय बागमती प्रदेशमा कार्यरत छन् )


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]