Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत

२०७८ भाद्र १७ गते

बैकिङ खबर । लक्ष्मी बैंकद्वारा निष्काशित रु २ अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ । सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।

आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गर्नुभएको थियो ।

Ad