Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले पाँचखाल र पनौती नगरपालिकासँग वित्तीय पहुँच बढाउँदै

२०७८ भाद्र ११ गते

बैंकिङ खबर । नविल बैंकले पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता, विकास र वित्तीय पहुँच पढाउनका लागि पनौती नगरपालिका र पाँचखाल नगरपालिकासँग साझेदारी गरेको छ ।

पनौती नगरपालिकामा वित्तीय पहुँच बढाउनका लागि भएको सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भिम न्यौपानेले हस्ताक्षर गर्नुभयो । त्यस्तै पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त साझेदारीअनुसार नगरपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यमशीलतासम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम\तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले भन्नुभयो– ‘यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने र अबको एक बर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको बताउनुभयो ।’ त्यस्तै पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले नबिल बैंकको दीगो बैंकिङ सेवाले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभयो । साथै उहाँले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पु-याइ नगरपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

पाँचखालमा आयोजित कार्यक्रममा बोल्दै उपमेयर लक्ष्मी दनुवारले पाँचखाल शाखालाई नबिल दिगो बैंकिङ पाइलट शाखा बनाएकोमा धन्यवाद ज्ञापन गर्दै नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा संगै हातेमालो गर्ने बताउनु भयो ।

Ad