२०७८ भाद्र १० गते

हिमालयन बैंकद्वारा शहिद गंगालाल हृदय केन्द्रलाई आर्थिक सहयोग

बैकिङ खबर। हिमालयन बैंक लिमिटेडले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न रु. छ लाख ९२ हजार ९ सय बैसाठ्ठी रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हिमालयन बैंकले जनाएको छ । अस्पतालमा भएको वार्डहरु जीर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेको छ । बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको छ ।

हिमालयन बैंकका महाप्रबन्धक सुशील जोशी र माहाराजगंज शाखा प्रबन्धक, अभयबहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गर्नुभएको थियो । उक्त समुदघाटन समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।