Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वास्थ्य बीमा बोर्डले पायो निमित्त प्रमुख, डा.कृष्ण पौडेललाई जिम्मेवारी।

admin २०८२ माघ ८ गते
सेयर:

बैंकिङ खबर / डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि पौडेललाई यो जिम्मेवारी सुम्पनुभएको हो।

डा. पौडेललाई आर्थिक र प्रशासनिक जिम्मेवारी सहित बोर्डका कार्यहरू व्यवस्थित गर्न लगाइएको छ। उहाँ हाल स्वास्थ्य मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखामा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। डा. पौडेलले भने, “मन्त्रालयले बीमा बोर्डको जिम्मेवारी दिएको छ र म बीमामा भएका समस्याहरूलाई राम्रोसँग बुझेर समाधान गर्न प्रयास गर्नेछु।”

अघिल्लो कार्यकारी निर्देशक डा. रघुराज काफ्ले ४ माघमा राजीनामा दिएपछि बोर्ड नेतृत्वविहीन अवस्थामा पुगेको थियो। स्वास्थ्य बीमा ऐन ०७४ अनुसार, जबसम्म नयाँ कार्यकारी निर्देशक नियुक्ति हुँदैन, मन्त्रालयले बोर्डको जिम्मेवारीलाई सम्हाल्नका लागि स्वास्थ्य सेवाका ११ औं तहका कर्मचारीलाई नियुक्त गर्न सक्छ। यस आधारमा मन्त्रालयले डा. पौडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।