
बैकिङ खबर । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गइरहेको छ । विश्वमा फैलिरहेको महामारी कोरोना भाइरसले गर्दा गत वर्षमा जस्तै यस वर्ष पनि भौतिक दुरी कायम राखी तीज मनाउनुपर्ने अवस्था छ । भौतिक उपस्थिति बिना प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न गरिमा विकास बैंकले सम्पूर्णा नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको छ । यस प्रतियोगितामा नेपालभित्र रहनुहुने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सकिने जानकारी बैंकले जनाएको छ ।
यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी, पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ । यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट नगरिने जनाएको छ ।
प्रतियोगिताको विजेताले रु ९,००० उप–विजेताले रु ६,००० र तेस्रो हुनेले रु ३,००० नगद पुरस्कार समेत जित्न सक्नेछन् भने एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले रु २,००० नगद राशी जित्न सकिनेछ ।
विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । गरिमा विकास बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई आफ्नो फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरहरुले यही भदौ १० गतेदेखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नुहुनेछ ।