Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा बिकाश महर्जन नियुक्त

२०७८ भाद्र २ गते

बैंकिङ खबर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको बैठकबाट रिक्त सञ्चालकमा ललितपुर निवासी बिकाश महर्जन नियुक्त हुनुभएको छ । इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्नुभएका बिकाश महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधि विशेषज्ञका रुपमा कार्य गरिसक्नुभएको छ ।
यसबाहेक वहाँले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमा समेत कार्य गरिसक्नुभएको छ । हाल सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराउने कार्यमा संलग्न महर्जनले देश विदेशबाट विभिन्न प्राविधिक तालिम तथा सेमिनारहरुमा सहभागी हुनुभएको छ । फाइनान्सको सञ्चालक समितिमा वहाँको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले व्यक्त गर्नुभयो ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवा प्रवाह गरिरहेको छ । साथै फाईनान्सले निकट भविष्यमा शाखा रहित् बैंकिङ्ग सेवा समेत प्रवाह गर्ने तयारी गरेको छ ।

Ad