२०७३ भाद्र १३ गते

कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकमा जागीर खुल्यो

kalikaकालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त संस्थाले एसिस्टेन्ट मेनेजर पदका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि स्नातक तह उतीर्ण गरेको, वित्तीय क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव भएको, २१ वर्ष उमेर पुरा भई ५० वर्ष ननाघेको (महिलाको हकमा ५५ वर्ष ननाघेको) नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । सो पदका रहेर काम गर्नेले आफ्नो स्याङ्जास्थित केन्द्रीय  कार्यालयमा रही काम गर्नुपर्नेछ भने बाहिर यात्रा पनि गर्नुपर्ने समेत स्पष्ट पारिएको छ । सेवा तथा सुविधा कम्पनीको नियमअनुसार हुने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ९ सेप्टेम्बर अर्थात भदौ २४ गतेभित्र आफ्नो वायोडाटा, निवेदन र हालसालै खिचेको पासपोर्ट साइजको फोटोको साथमा सम्पर्क गरिसक्नुपर्नेछ । थप जानकारीका लागि कम्पनीको फोन नं. ०६३–४४०५५५/५५६ अर्थात इमेल ठेगाना info@kalikabank.com.np मा सम्पर्क गर्न सक्नुहुनेछ ।