Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्समा गाडी किन्नेलाई ग्लोबल आईएमई बैंकको सहुलियत कर्जा 

२०७३ भाद्र १२ गते

global imeआफ्ना ग्राहक वर्गहरुलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक–एसएमइ तथा रिटेल बैंकिङ्ग, सुरेन्द्र राज रेग्मि र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट महाप्रबन्धक–फाइनान्स मनिष कुमार जैनले हस्ताक्षर गरे । सम्झौतापत्र अनुसार अब सुजुकी ब्राण्डका कुनै पनि निजी वा कमर्सियल प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्र्तगतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडिहरुलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफनो सबै शाखाहरुबाट आकर्षक व्याजदरसहित बढिमा ७ वर्षको लागि ८०% सम्म कर्जा प्रवाह गर्ने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा  शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ६ लाखभन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।