Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकको वितरणयोग्य नाफा ६० करोड ५७ लाख भन्दा बढी

२०७८ श्रावण २८ गते

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

बैंकिङ खबर । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गरिमा विकास बैंकको वितरणयोग्य नाफा साढे ६० करोड ५७ लाख १२ हजार रुपैयाँ कायम भएको छ । कम्पनिले बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमाससम्म ८२ करोड ५२ लाखभन्दा बढी खुद नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा १ अर्ब ६१ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्ममा कम्पनीको निक्षेप संकलन ६३ अर्ब ९० करोडभन्दा बढी भएको छ । यस्तै, ५१ करोड ८० लाखभन्दा बढी कर्जा प्रवाह भएको विवरणमा उल्लेख गरिएको छ । बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा पुगेको छ ।

Ad