
बैंकिङ खबर । डिजिटल क्रिप्टोकरेन्सी बढ्नु आश्चर्यजनक छ । एक वर्ष अघि वेबसाइट क्वइन मार्केट क्यापमा ६ हजार करेन्सी लिस्टेड थियो । आज ११ हजार १ सय ४५ करेन्सी लिस्टेड छ । यसको कुल मार्केट क्यापिटलाइजेसन २.४४ लाख करोड रुपैयाबाट बढेर ११.८६ लाख करोड भएको छ । डिजिटल करेन्सीको ६३ प्रतिशत ट्रेडिङ संस्था एवं कम्पनीहरुले गरीरहेका छन् । तर पनि क्रिप्टोकरेन्सीको बजारमा भारी अस्थिरता कायम भएको छ । यसको कारण, डिजिटल मुद्रा अन्त्यको डर पैदा भएको छ ।
बिटक्वाइनको मूल्य अप्रिलमा ४७ लाख रुपैयाँबाट घटेर मे महिनामा २२ लाख रुपैयाँ कायम भयो । यो आज यो लगभग २९ लाख रुपैयाँको करीब छ । जुलाई २९ मा बिटक्वाइनको बजार मूल्य २१ लाख रुपैयाँमा झरेको थियो । गिरावट पछि, लगानीकर्ताहरुका बिचमा त्रास पैदा भएको छ । बिडक्वइन प्रभावमा पर्दा धेरै क्षति हुनेछ । यसमा, अधिकांश संस्थागत लगानीकर्ताहरुले नोक्सान बेहोर्नु पर्नेछ । डिजिटल मुद्रा को पतनले क्रिप्टो एक्सचेन्ज र क्रिप्टो कम्पनीहरुले घाटा भोग्नु पर्नेछ ।
१४ लाख करोड रुपैयाँ घाटाको सम्भावना
बिटक्वइनको गिरावटले धेरै नोक्सान हुन सक्छ । क्रिप्टोकरन्सीलाई पहिलो १४.८२ लाख करोड रुपैयाँको घाटा लाग्न सक्छ । गिरावटले धेरै च्यानलहरुका साथै अन्य क्षेत्रमा समेत असर गर्नेछ । थोरै उतार चढावले पनि ठूलो असर पार्नेछ र एक्सचेन्जले ठूलो घाटा बेहोर्नु पर्नेछ ।