
बैंकिङ खबर/कुमारी बैंक लिमिटेड दाङ घोराही बजारमा रहेको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूले यही साउन १२ गते राति घोराही १५ शहीद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको प्रहरीले जनाएको छ ।
त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।