Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकले ल्यायो लगानीको नयाँ योजना, लगानीकर्तालाई सुरक्षित अवसर   

admin २०७२ फाल्गुन ६ गते
सेयर:

pr5abhuप्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गरेको छ । एक कार्यक्रमका बिच बैंकले वेल्थ म्यानेजमेन्ट सर्भिस नामक नयाँ योजना अघि सारेको हो । वेल्थ म्यानेजमेन्ट सर्भिसअन्र्तगत ग्राहकले आफ्नो डिपोजिट्मा रहेको फण्डस्लाई बढि भन्दा बढि नाफामुलक क्षेत्रमा लगाउने अवसर पाउनेछन् । हालसम्म ‘पोर्टफोलियो’ म्यानेजमेन्ट नेपालमा सुरु नभएको अवस्थामा ग्राहकको फण्डलाई विभिन्न क्षेत्रमा परिचालन गर्नको लागि यो सेवा लाभदायक हुने बैंकले बताएको छ । 

prabhuबैंकका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार शेरचनले लाभदायक तथा सुरक्षित प्रतिफल पाउन सक्ने क्षेत्रहरुबारे ग्राहकलाई जानकारी दिने तथा ‘फण्ड्स’ सहि क्षेत्रमा परिचालन होस् भन्ने उद्येश्यले वेल्थ म्यानेजमेन्ट सर्भिस सुरु गरिएको बताए । शेरचन भन्छन्, “प्रभु बैंकको नविनतम् योजनाले लगानीको लागि ग्राहकलाई उत्प्रेरणा जगाउनुको साथै बजार र त्यहाँका गतिविधीबारे जानकारी गराउन पनि निकै उपयोगी हुनेछ ।” सेवा सुरु गरिएसँगै बजारमा ‘एक्टिभिटिज’ बढ्दै जाने हुनाले उत्पादनमुलक क्षेत्रमा लगानी हुने बैंकको अपेक्षा छ । 

prabhu 5वेल्थ म्यानेजमेन्ट सर्भिस नयाँ किसिमको सुविधा भएकोले फ्री अफ कष्ट मा सेवा लिन बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।