२०७३ भाद्र १० गते

हिमालयन बैंकका ५ सबल पक्षहरु

himalayan bankकतिपय बैंक तथा वित्तीय संस्थाहरुका लागि पुँजी वृद्धि र मर्जर टाउको दुखाइकै विषय बनेको छ । एक वर्ष यता मात्रै कति वाणिज्य बैंकहरुले मर्जर सम्झौता भएको एक साता नबित्दै सम्झौता तोडेका छन् त कति मर्जर प्रक्रियाको अन्तिम समयमा आएर भएको मर्जर असफलताको छटपटिमा छन् ।

बैंकिङ क्षेत्रमा यत्रतत्र मर्जरको चटारो चलिरहेको वेला हिमालयन बैंकका लागि भने पुँजी वृद्धिका लागि कुनै पनि वित्तीय संस्थासँग मर्जरको विषयमा टाउको दुखाउनु परेको छैन । यो बैंक आफैँमा एक बलियो विणिज्य बैंकको रुपमा स्थापित भइसकेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजीका लागि बैंकको पुँजी योजना समयमा नै राष्ट्र बैंक समक्ष बुझाइसकेको कारण र बैंकका निम्न बलिया पक्षका कारण पनि बैंक जोखिममा जाने कुनै आधार छैन ।

पुँजी :
जम्मा ६ करोड पुँजीबाट स्थापना भएको बैंक आज स्थापनाको २४ वर्षमा आइपुग्दा ५.७ विलियन पुँजी बैंकसँग पुगिसकेको छ । यो सबै पुँजी वोनस सेयरको नाफा बाटै संकलन भएको हो । बैंकले दिने डिभिडेन्ट पनि बढि छ साथै बैंकमा संचित पुँजी पनि छ । यसर्थ ः बैंकको कोर क्यापिटल हेर्ने हो भने अगामि असार मसान्त हैन अहिले नै ८ अर्व चुक्ता पुँजी पुग्छ ।

बैंकिङ सम्पति :
अन्य बैंकहरुले बैंक संचालनका लागि आवश्यक सबै विल्डीङ र जग्गा भाडामा लिएर बैंक चलाएका छन् । तर हिमालयन बैंकको ८ ओटा शाखा बैंकले नै किनेको जग्गामा बनेका विल्डीङमा संचालनमा रहेका छन् । काठमाण्डौ कमलादिमा बैंकको प्रमुख कार्यालय रहेको विल्डीङ बैंकको आफ्नै जग्गामा बनेको हो । त्यस्तै,बैंकले न्युरोडमा २२ आना र दरबार मार्गमा २ रापनि जग्गा किनेको छ । अन्य बैंकको पुँजी छ तर त्यसको बजार मुल्य स्थिर रहन्छ । तर यस बैंकले बैंकीङ सम्पति पनि जोडिरहेको छ । यसको बजार मुल्य हेर्ने हो भने अन्य बैंकको पुँजी भन्दा यो बैंकको बजार मुल्य धेरै गुना माथि हुन्छ ।

प्रोमोटर :
यस बैंकमा आवद्ध सबै प्रोमोटरहरु संस्थागत प्रोमोटरहरु छन् । संचय कोष, खेतान गु्रप, नर्सिङबहादुर गु्रप, हिमालयन शमसेर गु्रप जस्ता नेपालका बलिया र पुराना संस्थाहरु मात्र यस बैंकका संस्थागत लगानीकर्ताहरु छन् । यो अर्को बैंकको बलियो पक्ष हो । त्यसैले, लगानी गर्न चाहने र ऋण दिने संस्था तथा व्यक्तिहरु कसैले पनि यस बैंकका बारेमा कुनै पनि शंका गर्न आबश्यक हुँदैन । यस बैंकको बारेमा ढुक्क भए हुन्छ ।

आम्दानीको स्रोत : 
ऋणबाट प्राप्त हुने ब्याज मात्र यो बैंकको आम्दानीको स्रोत होइन । रेमिटान्स, कार्ड विजनेस , ट्रेजरी जस्ता धेरै बैंकिङ ब्याज भन्दा बाहेकका आम्दानीका स्रोतहरु यस बैंकमा छन् ।

सामाजिक कार्य:
हिमालय बैंकले आफ्नो बैंकको स्वार्थ पुर्तिका लागि मात्र काम गरेको छैन । यस बैंकले उद्यमी बन्न चाहने धरै व्यक्ति र संस्थाको सपना पुरा गरेको छ ।  विभिन्न कारणबस जीवनमा दुख भोगिरहेका अनाथ तथा बृद्धाहरुलाई नगद तथा जिन्सि सहयोग गरेको छ । यस्तै सामाजीक कार्यक्रमहरुमध्ये भर्खरै नेपाल आर्थिक पत्रकार समाज र हिमालयन बैंकबिच आर्थिक पत्रकारीता लेखनबृद्धि (फेलोसिप) का लागि सम्भौता भएको छ । यसमा हिमालयन बैंकको तर्फबाट सेजनलाई रु.२ लाख ३० हजार प्रदान गरिने छ । यी सामाजिक कार्यहरु बैंकका सम्पति हुन । यीनै सम्पति हिमालयन बैंक पहिचानका बलियो अधार पनि हुन ।