सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले दिएको जानकारी अनुसार सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता बिक्रीमा राखिएको छ । बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ । सेयर खरिदको लागि भदौ २४ देखि ३१ गतेसम्ममा आवेदन गर्न सकिने बैंकले जनाएको छ । आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै सेयर लिन आवेदन गर्न सक्ने छन् ।


