Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआइसी एसिया क्यापिटलको सञ्चालक अध्यक्षमा कपिल ढकाल नियुक्त

२०७८ श्रावण २ गते


बैंकिङ खबर/एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त हुनुभएको छ ।

क्यापिटलको शुक्रबार सम्पन्न सञ्चालक समितिको ९२ औं बैठकले उहाँलाई अध्यक्ष नियुक्त गरेको हो। ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । डेलोइट इन्डिया, आइसीआइसीआइ बैंक र हाम्रो विकास बैंकमा काम गरेको अनुभव भएका ढकाल चार्टर्ड एकाउन्टेन्ट पनि रहेको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

उहाँले एनआई सी एशिया बैंकको हालको बिजनेस प्रोसेस री–इन्जिनियरिङ विभागको प्रमुखका रूपमा पनि काम गरिसक्नुभएको छ । बैंकको उच्च व्यवस्थापन तहमा रहेर १२ वर्ष भन्दा बढीको बैंकिङ अनुभव हासिल गर्नुभएका ढकाल हाल एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा पनि अध्यक्ष हुनुहुन्छ ।

उहाँको नेतृत्वमा क्यापिटलले अझ बढी कारोबारमा सफलता हासिल गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

Ad