Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

२०७८ असार ३१ गते

बैंकिङ खबर/सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त हुनुभएको छ ।
तुलसी गौतमले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि न्यौपानेलाई तत्कालका लागि ब्यवस्थापकीय नेतृत्वको जिम्मेवारी दिइएको हो। गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागू हुनेछ। न्यौपानेले साउन १ गतेबाट नै नेतृत्व लिनुहुनेछ ।
न्यौपाने बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो । न्यौपाने २०७६ असार ३० गते नायव प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो ।
न्यौपानेसँग हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १७ वर्षको अनुभव छ । उहाँले काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

Ad